काठमाडौं । आउँदो प्रतिनिधि सभा निर्वाचनलाई निष्पक्ष, धाँधलीरहित र सुरक्षित बनाउने उद्देश्यका साथ देशभर निर्वाचन प्रहरी परिचालन तीव्र बनाइएको छ ।
राजधानीका मुख्य व्यापारिक क्षेत्रदेखि गाउँ–गाउँका चोकसम्म निर्वाचन प्रहरीहरू नीलो वर्दीमा खटिएका छन् । प्रहरी प्रशिक्षणले उनीहरूलाई केवल सुरक्षा घेरा सीमित नगरी नागरिकसँगको व्यवहार, भीड नियन्त्रण र निर्वाचन आचारसंहिता पालनामा पनि सजग बनाएको छ ।
प्रत्येक क्षेत्रमा खटिएका निर्वाचन प्रहरीहरूलाई सम्बन्धित प्रहरी निरीक्षक र हवल्दारले स्थलगत निर्देशन दिँदै कामको प्रकृति बुझाइरहेका छन् ।
प्रहरीका अनुसार, यस परिचालनले सर्वसाधारणमा सुरक्षाको विश्वास जगाउने मात्र होइन, निर्वाचनको वातावरणलाई पनि थप मर्यादित बनाउने अपेक्षा गरिएको छ । निर्वाचन प्रहरीहरूको मुख्य जिम्मेवारी मतदान केन्द्रको सुरक्षा र मतदान प्रक्रियामा सहयोग गर्नु रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया