नयाँ सरकारको शपथ ग्रहणमा सहभागी हुन परराष्ट्रमन्त्री शर्मा ढाकामा

लोकपथ
35
Shares

ढाका । नेपालका परराष्ट्रमन्त्री बालानन्द शर्माले सोमबार राति बंगलादेशको नवनिर्वाचित सरकारको शपथ ग्रहण समारोहमा सहभागी हुन ढाका पुगेका छन् ।

हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री शर्मा र नेपाली प्रतिनिधिमण्डललाई नेपाली राजदूत घनश्याम भण्डारी र बंगलादेश परराष्ट्र मन्त्रालयका सचिव डा.मोहम्मद नजरुल इस्लामले स्वागत गरेका थिए ।

नवनिर्मित सरकारको स्वागतका लागि नेपालले उच्चस्तरीय प्रतिनिधित्व पठाएको हो । यसअघि प्रधानमन्त्री सुशीला कार्कीले बंगलादेशमा सफल संसदीय निर्वाचन भएकोमा बधाई दिँदै, बीएनपीको विजयतर्फ तारिक रहमानलाई विशेष शुभकामना ज्ञापन गरेकी थिइन् ।

प्रधानमन्त्री कार्कीले दुई देशबिचको सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुने विश्वास पनि व्यक्त गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?