पोखरामा वाडा अटो शो-२०२६ हुँदै

लोकपथ
0
Shares

काठमाडौं । पोखरामा दोस्रो संस्करणको वाडा अटो शो हुने भएको छ ।

पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोशिएसनद्वारा आगामी चैत ११ गतेदेखि १५ गतेसम्म पोखराको लेकसाइडस्थित खेल मैदानमा उक्त अटो शो हुन लागेको हो ।

प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्स्पोजिशन एण्ड मेनेजमेन्ट सर्भिसेज (जेम्स ईभेन्टस्)ले गर्ने छ भने स्टल बुकिङ्ग छिट्टै खोलिने आयोजकले जनाएको छ ।

नेपाली नयाँ वर्ष २०८३ को पूर्व आगमनमा नेपालको सुन्दर नगरी एवं पर्यटकीय राजधानी पोखरामा आयोजना हुन गईरहेको यस वाडा अटो शो २०२६ मा साना, मझौला तथा ठूला सवारी साधन, पार्टपुर्जा, लुब्रिकेन्ट, टायर, वित्तिय संस्था, तथा अन्य सबै सरोकारवाला व्यवसायी कम्पनीहरूको भव्य सहभागिता हुनेछ ।

यसपटक नयाँ वर्ष २०८३ लाई मध्यनजर गरी सहभागी कम्पनीहरूबाट ल्याईने विभिन्न किसिमका आकर्षक अफरहरू, ईभी तथा आइसी ईन्जन्का नयाँ–नयाँ ब्राण्डहरू एवं अन्य थुप्रै मनोरञ्जनात्मक तथा सूचनामूलक कार्यक्रमहरू समावेश गरिने समेत बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?