एनआईसी एशिया क्यापिटल र होटल ईष्टर्न नेपालबिच सम्झौता

लोकपथ
28
Shares

काठमाडौं । एनआईशी एशिया क्यापिटल र होटल ईष्टर्न नेपाल लिमिटेड अर्थात् Holiday Inn Express & Suites Dhulabari बिच सम्झौता भएको छ ।

दुई पक्षबिच सर्वसाधारणमा निष्काशन गर्नुपर्ने शेयरको निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्बनन्धी सम्झौता भएको हो ।

झापाको मेचिनगरमा कारोबार कार्यालय रहेको ईष्ट्रर्न नेपाल लिमिटेडको प्रबन्धपत्रमा व्यवस्था भए अनुसार प्रचलित कानुनको अधिनमा रही भविष्यमा सर्वसाधारणलाई प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्नका लागि एनआईसी एशिया क्यापिटल लिमिटेड र होटल ईष्टर्नबिच दुई पक्षीय सम्झौता भएको हो ।

होटल ईष्टर्न अन्तराष्र्टिय स्तरको प्रस्तावित ५ तारे होटल हो । निर्माणको अन्तिम चरणमा पुगेको होटल ईष्टर्न आगामी २०८३ साल जेठ भित्र सफ्ट ओपनिङ्ग गर्ने लक्ष्यसहित आवश्यक प्रक्रिया अघि बढाएको छ ।

साथै एनआईसी एशिया क्यापिटलले “IDEA to IPO” सेवा अन्तर्गत प्रालिलाई पब्लिक कम्पनीमा परिणत गरी साधारण शेयर निष्काशनसम्मको काम गर्न आवश्यक परामर्श सेवा सञ्चालन गरिरहेको समेत बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?