लागुऔषधको मुद्दामा केश मिलाइदिन्छु भन्दै २ लाख ठगी गर्ने पक्राउ

लोकपथ
91
Shares

काठमाडौं । लागुऔषध मुद्दाका आरोपीको मुद्दा मिलाइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे नगरपालिका–६ का छवी शर्मा रहेका छन् । प्रहरीले शर्मालाई गत फागुन १ गते साँझ पक्राउ गरेको थियो ।

शर्माले लागूऔषध मुद्दाका प्रतिवादीलाई केश मिलाइदिने भन्दै २ लाख ठगी गरेको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी डीएसपी हरिनन्दन चौधरीले जानकारी दिए ।

उनीमाथि सोमबार जिल्ला अदालत मोरङमा ठगी तथा आपराधिक लाभ कसुरमा मुद्दा दर्ता गरी ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?