काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी सुधारिएर आएको भन्दै मत हाल्न आग्रह गरेका छन् ।
प्रचारप्रसारका लागि निर्वाचन आयोगले बाटो खोलिदिएपछि लमजुङमा आयोजित चुनावी अभियानलाई सम्बोधन गर्दै उपसभापति शर्माले सो कुरा बताएका हुन् ।
शर्माले कांग्रेसले आसन, भाषण र शासन सुधार गर्ने समेत दाबी गरे ।
‘बदलिएको कांग्रेसले अब देशको आसन, भाषण र शासनमा सुधार गर्नेछ । कुनै पनि व्यक्ति सत्तामा निरन्तर आसन जमाउने परम्परा भत्काएर, हामी १ २ ३ ४ को नीति संविधानमा अंकित गर्नेछौंँ । अब उप्रान्त कोहि पनि प्रधानमन्त्री र मुख्यमन्त्री दुइ पटक भन्दा बढी रहन पाउने छैनन्,’ उनले भने ।
त्यस्तै चुनावी मैदानमा रहेका आफ्ना पार्टीका उम्मेदवारहरुलाई स्वस्थ आलोचना गर्न तर अनावश्यक गालीगलौज नगर्न समेत आग्रह गरे ।
‘चुनावी मैदानमा गाली होईन प्रेम सम्प्रेषण गरौं । स्वस्थ आलोचना स्वभाविक हुन्छ, तर आपसलाई गाली गरेर राजनीतिलाई स्वस्थ बनाउन सकिन्न । चुनाव जित्ने नाममा जे पनि आश्वासन दिएर, समाजमा भोलि निराशा जगाउने कार्य हाम्रा भाषण र घोषणा पत्रहरु मार्फत नगरौँ,’ उनले निर्देशन दिँदै भने ।
त्यस्तै आफूहरुले मुलुकको नेतृत्व गर्नका लागि जे कुरा जरुरी रहेको छ, त्यो कुरा केस्राकेस्रा केलाएर आएको समेत दाबी गरे । साथै जेनजी आन्दोलनको भावना बमोजिम आफूहरु काम गर्न तप्तर रहेको समेत बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया