काठमाडौं । काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ झापा क्षेत्र नं ५ मा घरदैलोमा छन् ।
झापाको उक्त क्षेत्रमा धेरै जसो स्थानमा पुग्दा सुकुम्बासीहरुले बालेनसमक्ष आ–आफ्नो गुनासो राखिरहेका छन् । कतिपयले भने काठमाडौंको मेयर हुँदा बालेनले सुकुम्बासीमाथि डोजर चलाएको भन्दै आक्रोश समेत पोखिरहेका छन् । यता बालेनमाथि आलोचना हुने अर्को विषय भनेको काठमाडौंको फोहोर व्यवस्थापनको विषय हो ।
सोमबार घरदैलोका क्रममा एक मतदाताले बालेनसँग काठमाडौंको फोहोर व्यवस्थापन हुन नसकेको विषय उठाए । त्यसो त बालेनले आफूले प्रधानमन्त्रीले भन्दा धेरै काम गरेको गरिरहँदा उनीहरुले भने नयाँ सरकार गठनपछि विदेशी चलखेल बढ्ने त्यसमा कसरी अघि बढ्नुहुन्छ ? भन्दै प्रश्न गरे ।
‘प्रधानमन्त्री भन्दा के कुरामा कमि थियो त भन्नु त मेयर हुँदा ?,’ बालेनले प्रश्न गर्दै भने ।
यता मतदाताले भोलि अन्तर्राष्ट्रिय चलखेल बढ्न थाल्छ भन्दै प्रश्न गर्दा, बालेनले बिचमै रोकेर भने, ‘अन्तर्राष्ट्रिय चलखेल महानरपालिकामा कति थियो भन्ने तपाईँ इम्याजिन पनि गर्न सक्नुहुन्न ।’
अझै ती मतदाताले तपाईँ नेपाली जनताको माझमा भन्न सक्नुहुन्छ ? भन्दै प्रश्न गर्छन् । बालेनले अहिले यहाँ विदेशी जनता छैनन् नि भन्दै भन्छन्, ‘उहादहरणको रुपमा फोहोर व्यवस्थापनमा नै विदेशी चलखेल यति थियो कि, प्रधानमन्त्री नै रहन दिएन ।’
त्यस्तै बालेनले आफू मेयर हुँदा काठमाडौंमा सुकुम्बासीमाथि डोजर नचलाएको समेत दाबी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया