भक्तपुर । प्रतिनिधिसभाको आगामी निर्वाचनका लागि मतपत्र छपाइ आज अन्तिम चरणमा पुगेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले बाँकी रहेका पाँच लाख मतपत्र आज दिनभरमा छपाइ सम्पन्न हुने जानकारी दिएको छ ।
केन्द्र कार्यकारी प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले भने, ‘प्रत्येकतर्फको मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ । प्रत्यक्षतर्फका दुई करोड तीन लाख मतपत्रमध्ये बाँकी रहेको पाँच लाख मतपत्र आजै सक्नेछ । ४२ दिनको कार्यतालिकासहित सुरु गरिएको मतपत्र छपाइ आज ४० दिनमै सम्पन्न हुँदैछ ।’
पौडेलका अनुसार आज छपाइ पूरा भएपछि भोलिसम्ममा सबै मतपत्र प्याकिङ गरी बाँकी जिल्लामा ढुवानी गरिनेछ । दैनिक १३–१५ लाख मतपत्र छपाइ गरेर केन्द्रले लक्ष्यभन्दा छिटो काम सम्पन्न गरेको पनि उनले बताए ।
समानुपातिक मतपत्रमा पनि दुई करोड ८ लाख ३० हजार मतपत्र छपाइ गरी प्याकिङ पूरा भइसकेको छ र जिल्ला–जिल्लामा पठाउने काम भइरहेको छ । कर्णाली र सुदूरपश्चिमका क्षेत्रहरूमा सबै मतपत्र पुगिसकेको र बाँकी क्षेत्रहरूमा १२ गतेसम्म पुर्याउने लक्ष्य राखेर काम भइरहेको पौडेलले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया