काठमाडौं । नेपाली कांग्रेसले आगामी शुक्रबार बस्ने गरी केन्द्रीय अनुशासन समितिको पहिलो बैठक बोलाएको छ ।
विशेष महाधिवेशनबाट चयन भएको कार्यसमितिद्वारा गठित केन्द्रीय अनुशासन समितिको पहिलो बैठक शुक्रबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बोलाइएको हो ।
यो बैठकको मुख्य एजेन्डा पार्टीका तर्फबाट मुलुकभर बागी उम्मेदवार बनेकालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्ने रहेको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा देशभर कांग्रेसका ३ जनाले बागी उम्मेदवारी दिएका छन् । कांग्रेसबाट बागी उम्मेदवारी दिनेमा कपिलवस्तु १ बाट आशीष शर्मासहित ३ जना रहेका छन् ।
उनीहरूलाई एकपटक अनुशासन समिति बैठक बसेर समय तोकेर आग्रह गर्ने र त्यो समयमा उम्मेदवारी फिर्ता नगरे अर्को बैठक बसेर कारबाही गर्ने तयारी कांग्रेसको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया