यस्तो छ कांग्रेस सभापति गगन थापाले अघि सारेको ‘डिजिटल नेपाल’ को पाँच वर्षे योजना

लोकपथ
28
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सूचना प्रविधि (आईटी) क्षेत्रमा थप व्यवस्थित र नीतिगत सुधार आवश्यक रहेको बताएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् । 

सभापति थापाले आईटी क्षेत्रमा साना सुधारले पनि ठुलो नतिजा दिन सक्ने विश्वास व्यक्त गरे । उनले नेपाललाई आगामी पाँच वर्षभित्र ‘डिजिटल हब’ बनाउने महत्वाकांक्षी खाका सार्वजनिक गरेका हुन् । 

केही समयअघि कीर्तिपुरमा आयोजित एक कार्यक्रममा ‘ल्यापटप चलाएरै मासिक ३–४ लाख रुपैयाँ कमाउन सकिन्छ’ भन्ने अभिव्यक्ति ट्रोलको विषय बने पनि त्यो हावादारी नभई योजनाबद्ध सोच भएको उनले स्पष्ट पारे । 

अघिल्लो सरकारको पालामा अध्यादेशमार्फत गरिएका साना सुधारले सकारात्मक परिणाम दिएको उदाहरण प्रस्तुत गर्दै उनले अब थप संस्थागत र नीतिगत सुधारमा जोड दिए । 

थापाले सन् २०२४ देखि २०३४ सम्मको अवधिलाई ‘आईटी दशक’ का रूपमा अघि बढाउने लक्ष्य लिएको उल्लेख गर्दै पाँच वर्षभित्र करिब ४ खर्ब रुपैयाँ बराबरको आईटी सेवा निर्यात गर्न सकिने दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?