काठमाडौं । नेपाली सेनाले हरेक वर्ष शिवरात्रीका दिन आफ्नो स्थापना दिवस भव्यताका साथ मनाउने गरेको छ ।
आइतबार नेपाली सेनाले विभिन्न कार्यक्रमहरु गरी २६३औँ नेपाली सेना दिवस मनायो । सैनिक मञ्च ढुँडिखेलमा आयोजित समारोहमा नेपाली सेनाले विभिन्न साहसिक प्रदर्शनहरु समेत गरेको थियो । उक्त कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की लगायत विशिष्ट व्यक्तिहरुको समेत सहभागिता रहेको थियो ।
त्यसो त सेना दिवसका अवसरमा नेपाली सेनाको निमन्त्रणामा विभिन्न देशका सेनाहरु समेत नेपाल आउने, कार्यक्रममा सरिक हुने र आफ्नो प्रस्तुती दिने प्रचलन रही आएको छ ।
आइतबार सैनिक मञ्च टुँडिखेलमा भारत, अमेरिका, बेलायत लगायतका देशबाट आएका सेनाले आ–आफ्नो संस्कार अनुसारको ब्याण्ड बजाए, प्रस्तुती दिए ।

मिलिटरी कोअप्रेशन अन्तर्गत नेपालका सेना पनि अन्य देशमा जाने र अन्य देशका सेना नेपाल आउने प्रचलन नै रहेको छ । तर आइतबार अमेरिकी सेना सैनिक मञ्च टुँडिखेलमा आएको भन्दै सामाजिक सञ्जालमा गलत सूचना समेत फैलाइएको छ । सामाजिक सञ्जालमा अमेरिकी सेनाले दिएको प्रस्तुतीका विषयलाई लिएर ‘एमसीसी’ लाई समेत जोडेर हेरिएको छ । तर उक्त विषय मिलिटरी कोअप्रेशन अन्तर्गतको एउटा प्रचलन नै हो ।
उक्त विषयलाई सामाजिक सञ्जालमा अतिरञ्जित गरी भ्रम फैलाइएपछि लोकपथले नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतसँग त्यसको सत्यबारे कुराकानी गरेको छ ।
लोकपथसँगको कुराकानीका क्रममा प्रवक्ता बस्नेतले मिलिटरी कोअप्रेशन अन्तर्गत विभिन्न देशका सेना नेपाल आउने र प्रस्तुती दिने गरेको र नेपाली सेना समेत अन्य देशमा पुगेर प्रस्तुती दिने गरेको स्पष्ट पारे ।

‘यो विगत ८–१० वर्षदेखिकै चलन हो । विभिन्न देशका सेनाले नेपालको सेना दिवसका अवसरमा भाग लिने चलन रहेको छ । अमेरिकी सेनाको ब्याण्ड टोली पनि नेपालको आर्मी डे को कार्यक्रममा रेसिप्रोकल बेसिसमा शो देखाउन आउने चलन नै हो,’ प्रवक्ता बस्नेतले लोकपथसँग भने, ‘केही समयअघि मात्रै नेपाली सेनाको ब्याण्ड भारतको आर्मी डेको अवसरमा त्यहाँ पुगेर आफ्नो शो देखाएका छन् । उनीहरु (भारतको सेना) ले नेपालीमा नै एनाउन्स समेत गरेका छन् । हामीले पनि विभिन्न देशहरुलाई बोलाउँछौँ, त्यसमा जो जो आउनुहुन्छ उहाँहरुले यहाँ शो देखाउनुहुन्छ । र हाम्रो सेनाले पनि अन्य देशले बोलाएको बेला जाने चलन रहिआएको छ ।’

सेनाका प्रवक्ता बस्नेतले लोकपथसँग भने :
यो विगत ८–१० वर्षदेखि कै चलन हो । विभिन्न देशका सेनाले नेपालको सेना दिवसका अवसरमा भाग लिने चलन रहेको छ । अमेरिकी सेनाको ब्याण्ड टोली पनि नेपालको आर्मी डे को कार्यक्रममा रेसिप्रोकल बेसिसमा शो देखाउन आउने चलन नै हो ।
केही समयअघि मात्रै नेपाली सेनाको ब्याण्ड भारतको आर्मी डेको अवसरमा त्यहाँ पुगेर आफ्नो शो देखाएका छन् । उनीहरु (भारतको सेना) ले नेपालीमा नै एनाउन्स समेत गरेका छन् । हामीले पनि विभिन्न देशहरुलाई बोलाउँछौँ, त्यसमा जो जो आउनुहुन्छ उहाँहरुले यहाँ शो देखाउनुहुन्छ । र हाम्रो सेनाले पनि अन्य देशले बोलाएको बेला जाने चलन रहिआएको छ । यसअघि हामीले जोइन्ट ब्याण्ड डिस्प्ले हनुमान ढोकामा पनि देखाएका थियौँ, धेरै देशबाट आउनुभएको थियो ।
आजको कार्यक्रममा पनि हामीले धेरै देशलाई खबर गरेका थियौँ । जसमा अमेरिकासहित भारत, बेलायत लगायत देशका सेना आएर प्रस्तुती दिनुभएको थियो । त्यसैगरी नेशनल क्याडेट (नेपालीमा राष्ट्रिय सेवा दल) मा चाँही विभिन्न देशमा आर्मीले नै तालिम चलाउने गरेका छन् । त्यसमा युवा आदानप्रदान कार्यक्रम (यूथ एक्सचेन्ज प्रोगाम) हुन्छ । त्यो यूथ एक्सचेन्ज प्रोगाममा चाँही हामी भारत, पाकिस्तान, माल्दिभ्स, श्रीलंका र भुटानको टोली समेत यहाँ रहेको छ । भारतको लिड नेशनल जर्नेल, पाकिस्तानको लिड मेजर जनरल, माल्दिभ्सको लिड लेफ्टिेन्ट र भुटानको हकमा जोइन्ट सेक्रेटरीले गर्नुभएको छ ।
सामाजिक सञ्जालका गलत कुराहरुलाई नफैलाउनुहुन् म आग्रह समेत गर्न चाहन्छु ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया