काठमाडौं । आफूलाई वैकल्पिक शक्ति दाबी गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यसपटक १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएर चुनाव प्रचारप्रसार गरिरहेको छ ।
केही दिनपछि फागुन २१ को निर्वाचनका लागि घोषणापत्र ल्याउने तयारी गरेको रास्वपाले ५ वटा बाचा गरेको छ ।
रास्वपा सभापति रवि लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टीको नागरिक करार’ नामक बाचा पत्र सार्वजनिक गर्दै आफूहरुले ५ वर्षमा गर्ने ५ काम सार्वजनिक गरेका हुन् ।
जसमा लामिछानेले देशमा सुशासन कायम गर्ने, मध्यम वर्गीय विस्तार, काम काम काम, कनेक्टिभिटी र प्रवास नामक छुट्टाछुट्टै योजना अघि सारेका छन् ।
लामिछानेले ५ वटा योजना अघि सार्दै आफूहरुलाई एकल बहुमतको सरकार गठन हुने गरी मत दिन समेत आग्रह गरे ।
‘तपाईँहरुले हामीलाई एकल बहुमत दिलाएको अवस्थामा पनि करार बमोजिमका सर्तहरु डेलिभरीसहित ५ वर्षभित्र बुझाउन नसकी तपार्ईँ नागरिकलाई मर्का पर्न गएमा, संविधान, मौजुदा कानुन र सामाजिक करार अनुसार हाम्रो ‘राजनैतिक पर पद’ बाट अर्को पटकको निर्वाचनमा सजाय दिई असुल उपर गरी लिनुहोला । यसमा हाम्रो पार्टीको सम्पूर्ण सदस्यहरुको मञ्जुरी छ । यो करारमा उल्लेख गरेको व्यहोरा साँचो हो, झुठ्ठा ठहरे सहुँला बुझाउँला,’ नागरिक करार पत्रमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया