काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले आगामी शान्ति वार्ता गम्भीर, सार्थक र सबै पक्षका लागि लाभदायक हुने आशा व्यक्त गरेका छन् । उनले सकारात्मक र सहयोगी दृष्टिकोणसहित टिकाउ समाधानतर्फ अघि बढ्न सबै पक्षलाई आग्रह गरेका छन् ।
राष्ट्रपति जेलेन्सकीले विगतका केही वार्तामा युक्रेनलाई पर्याप्त रूपमा समावेश नगरी रुससँग मात्र छलफल हुने गरेको उल्लेख गर्दै त्यसकै कारण ठोस प्रगति हुन नसकेको बताए । यस पटकको वार्ता सबै पक्षका हित सुनिश्चित गर्ने महत्त्वपूर्ण अवसर बन्ने उनको भनाइ छ ।
जनवरीको अन्त्यदेखि फेब्रुअरीको सुरुसम्म संयुक्त सुरक्षा कार्य समूहका सदस्यहरूले अबुधाबीमा दुई चरणको वार्ता गरेका थिए । ती वार्तामा केही केदी साटासाटमा सहमति भए पनि क्षेत्रीय व्यवस्था, बन्दूकबन्दी र दीर्घकालीन शान्ति जस्ता विषयमा पूर्ण सहमति हुन सकेको थिएन ।
अगामी चरणको वार्ता जेनेभामा मंगलबार र बुधबार हुने तय भएको छ । वार्तामा रुसको तर्फबाट वरिष्ठ अधिकारी सहभागी हुनेछन् भने युक्रेन टोलीमा राजनीतिक, सुरक्षा र सैनिक विषयका प्रतिनिधिहरू रहनेछन् ।
राष्ट्रपति जेलेन्सकीले यो शान्ति वार्ता न्यायपूर्ण, टिकाउ र सन्तुलित समाधानतर्फको अवसर बन्ने विश्वास व्यक्त गरे । यसले दीर्घकालीन शान्ति र क्षेत्रीय स्थायित्वमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया