विराटनगरमा दुर्घटनाग्रस्त स्कोरपिओबाट ४२० किलो गाँजा बरामद

लोकपथ
49
Shares

विराटनगर ।  विराटनगर महानगरपालिका-५ स्थित पुल्चोकमा गएराति दुर्घटनामा परेको स्कोरपिओमा ४२० किलो गाँजा फेला परेको छ ।

दुर्घटनामा परेको बा८च ६५०८ नम्बरको स्कोरपिओ गाडीबाट प्रहरीले ४२० किलो गाँजा बरामद गरेको हो ।

भित्री सडक खण्ड हुँदै तीव्र गतिमा गुडिरहेको स्कोरपिओ अचानक अनियन्त्रित भई सडक छेउको खाल्डोमा खसेको थियो ।

मोरङ प्रहरीका अनुसार स्कोरपिओको सिट तथा डिक्कीको भागमा प्लास्टिकले बेरिएको अवस्थामा गाँजा प्याक गरेर राखेको अवस्थामा ४२० किलो गाँजा बरामद भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?