काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्वमुख्य प्रशिक्षक मोन्टी देशाईले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउने दृढता व्यक्त गरेका छन् ।
मुम्बईको प्रसिद्ध वानखेडे स्टेडियममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्व प्रशिक्षक देशाईले आफ्नो जन्मस्थल र नेपाली क्रिकेटप्रतिको लगावलाई जोडेर यस्तो टिप्पणी गरेका हुन् ।
उनले मुम्बईलाई आफ्नो घर र वानखेडेलाई प्राकृतिक परिवेश माने पनि नेपालको समर्थनका लागि आफूसँग ठुलो र विशेष कारण रहेका बताए ।
नेपाली क्रिकेट टोलीको निरन्तर विश्वकप सहभागिताप्रति गौरव व्यक्त गर्दै देशाईले अब केवल प्रतिस्पर्धामा मात्र सीमित नभई जित निकाल्नुपर्ने बेला आएको बताए ।
उनले सन् २०२३ को ‘कोर ग्रुप’ ले अब नतिजा निकाल्नुपर्ने र यसले विश्वस्तरमा नेपाललाई थप पहिचान दिलाउने विश्वास व्यक्त गरे ।
देशाईकाअनुसार विश्व मञ्चमा जित हात पार्नु आगामी पुस्ताका खेलाडीहरूका लागि प्रेरणाको मुख्य स्रोत बन्नेछ ।
उनले नेपाली प्रशंसकहरूको अटुट माया नै आफ्नो मुख्य प्रेरणा रहेको स्वीकार गरेका हुन् । मैदानमा टोलीको प्रदर्शनमा कहिलेकाहीँ एकरूपता नहुनसक्ने तर मैदान बाहिर समर्थन सधैँ उत्कृष्ट र स्थिर रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया