काठमाडौं । साताको पहिलो कारोबारको दिन आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २३ सय रुपैयाँले बढेको हो ।
अघिल्लो दिन ३ लाख तीन हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २३ सय रुपैयाँले बढेर ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । महासंघका अनुसार आज चाँदी १५ रुपैयाँले घटेको हो । अघिल्लो दिन ५ हजारमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले घटेर ४ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया