महाशिवरात्रिमा ओलीको सन्देश : ‘सत्य बाहिर होइन, भित्रको विवेकमा हुन्छ’

लोकपथ
35
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू भित्रको विवेकमा सत्य खोज्न सबैलाई आग्रह गरेका छन् ।महाशिवरात्रिको अवसरमा शुभकामना सन्देश दिँदै उनले यस्तो बताएका हुन् । 

अध्यक्ष ओलीले सन्देशमा भनेका छन्, ‘यो पवित्र रात्रि उपवास, जागरण र अन्तर्मनबिच संवाद गर्ने पर्व हो । ‘पशु’ अर्थात् बन्धनमा बाँधिएको चेतनालाई मुक्त गराउने र लोभ, क्रोध, मोह, अहंकार लगायत सबै पाश (बन्धन)हरूबाट मनलाई स्वतन्त्र, शान्त र आनन्दित बनाउने प्रतीकात्मक स्वरूप नै पशुपतिनाथ हुन् । ऊर्जाको तेजमय प्रवाहलाई संयममा राख्ने सामर्थ्य, विषको पीडा सामना गरेर पनि शान्त रहने धैर्य र नश्वरता सम्झँदै अनासक्त जीवन जिउने सन्देश पशुपतिनाथले दिएका छन् ।’

उनले थपे, ‘बाहिरको कोलाहलमा होइन, भित्रको विवेकमा सत्य निहित छ । आजको यस दिनमा सबैले विवेकको सत्य फेला पार्न सकुन् र आत्मबोधको ज्योति प्रज्ज्वलित होओस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?