राप्रपाको चुनावी घोषणापत्र सार्वजनिक [पूर्णपाठ]

लोकपथ
105
Shares

काठमाडौं  । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

शनिबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमकाबीच अध्यक्ष राजेन्द्र लिङ्देनले चुनावी घोषणापत्र पढेर सार्वजनिक गरेका हुन् ।

घोषणापत्रमा भ्रष्टाचार र अनाचार अन्त्य गर्ने प्रतिबद्धता उल्लेख गरिएको छ । 

यसअनुसार, सार्वजनिक पद धारण गर्ने पदाधिकारीलाई स्वार्थको द्वन्द्वसम्बन्धी कानुनअन्तर्गत कानुनी दायरामा ल्याइने, विद्यमान सम्पत्ति शुद्धीकरण ऐनमा सुधार गरिने र राजनैतिक हस्तक्षेपबिना संवैधानिक नियुक्तिको व्यवस्था गरिने प्रतिबद्धता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?