काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाउँदै रकम ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका–८ बस्ने ५६ वर्षीय महेश तामाङ रहेका छन् ।
तामाङले एक जना पीडितबाट तीन लाख ठगी गरेको उजुरीपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौं महानगरपालिका–१२ बाट शुक्रबार पक्राउ गरेको हो ।
पक्राउ परेका तामाङलाई वैदेशिक रोजगार विभागमा कारबाहीका लागि पेस गरिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया