काठमाडौं, २३ कात्तिक । नेकपा (माओवादी केन्द्र) ले तीन पोलिटब्युरो सदस्यसहित १० केन्द्रीय सदस्यलाई पार्टी अनुशासनविपरित काम गरेको भन्दै निश्कासन गरेको छ माओवादी केन्द्रले प्रदेश ६ को कार्यालयको सिफारिसअनुसार भन्दै यही मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा बागी उम्मेदवार बन्ने र उनीहरुका प्रस्तावक र समर्थक बस्नेहरुलाई अनुशासनको कारबाही गरेको हो अध्यक्ष प्रचण्डले विज्ञप्ति जारी गर्दै पोलिटब्युरो सदस्यहरु उमाकान्त शर्मा, छक्क बहादुर लामा र भीमप्रकाश शर्मा तथा आयोजक समिति सदस्य जितबहादुर पुनलाई साधारण सदस्य समेत नरहनेगरी कारबाही गरेका हुन् उमाकामन्त सल्यानबाट र छक्कबहादुर हुम्लाबाट प्रतिनिधि सभा सदस्यमा बागी उम्मेदवार छन् भने भीमप्रकाश सल्यान १ को ‘क’ र जितबहादुर सल्यान १ को ‘ख’ बाट उम्मेदवार रहेका छन् यसैगरी उनीहरुका प्रस्तावक समर्थक बस्ने आयोजक समिति सदस्यहरु प्रमोद श्रेष्ठ, शालिकराम भट्टराई, सेतीलाल ओली, हरिलाल डिसी, टंक ढकाल, कीर्तिबहादुर राना पनि कारबाहीमा परेका हुन्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया