आर्थिक सुधारको बहस अझै ‘ग्रोथ’ मै सीमित : मुख्यसचिव अर्याल

लोकपथ
35
Shares

काठमाडौं । सरकारका मुख्यसचिव सुमनराज अर्यालले मुलुकको आर्थिक सुधारको प्रारम्भिक चरणमै वितरण र पुनर्वितरणको सवाल ओझेलमा परेको बताएका छन् ।

एक अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यसचिव अर्यालले २०८० को दशकलाई आर्थिक सुधारको प्रारम्भिक बिन्दुका रूपमा लिए पनि नीतिगत बहस आर्थिक वृद्धिमै सीमित भएको उल्लेख गरे । तत्कालीन अवस्थामा उत्पादन र आर्थिक वृद्धि महत्त्वपूर्ण विषय भएकाले त्यससँग जोडिएका अन्य महत्त्वपूर्ण पक्षमा पर्याप्त ध्यान दिन नसकिएको उनको भनाइ छ ।

उनका अनुसार आर्थिक वृद्धिसँगै जोडिने वितरण र पुनर्वितरणको विषयमा अहिले पनि स्पष्ट धारणा बन्न सकेको छैन । औद्योगिक रूपान्तरणसम्बन्धी परम्परागत दृष्टिकोणलाई नीति मन्त्रझैँ अंगिकार गरिए पनि त्यसबारे गहिरो छलफल हुन नसकेको उनले बताए ।

‘हामीले २०८० को दशकलाई आर्थिक सुधारको पहिलो बिन्दु मान्ने हो भने त्यो पहिलो पुस्ताको सुधारको दशक पनि हो, ‘उनले भने, ‘तर त्यतिबेलाका बहसहरू हेर्दा हामी आर्थिक वृद्धितिर मात्रै अल्झियौँ । उत्पादन वृद्धि आवश्यक थियो, तर त्यससँगै जोडिएका वितरण र पुनर्वितरणका विषयमा पर्याप्त ध्यान दिन सकेनौँ ।’

मुख्यसचिव अर्यालले कृषि क्षेत्रबाट उद्योग र उद्योगबाट सेवा क्षेत्रमा रूपान्तरण हुने परम्परागत सोचलाई स्वीकार गरिए पनि त्यसको सामाजिक–आर्थिक प्रभाव र आय वितरणका पक्षमा गम्भीर बहस नहुनु कमजोरी भएको बताए । उनका अनुसार वर्षौँसम्म चलेको आर्थिक सुधारसम्बन्धी बहसका बाबजुद संरचनात्मक रूपान्तरण र आय वितरणको स्पष्ट खाका अझै तयार हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?