ललितपुरमा ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु

लोकपथ
70
Shares

काठमाडौं । ललितपुरमा ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । कोञ्जोसोम गाउँपालिका-१ बाउनडाँडामा शुक्रबार राति ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । 

प्रदेश–०१-००४ क ६२२८ नम्बरको ट्रक दुर्घटना हुँदा चालक गोदावरी नगरपालिका-६ का ५२ वर्षीय गणेश खड्का र ट्रकमा सवार सोही ठाउँका ४२ वर्षीय गणेश थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्रकमा सवार करिब ४० र ५० वर्ष उमेरका अन्य दुई पुरुषलाई उपचारका लागि पाटन अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

दुर्घटनामा मृत्यु भएका दुई जनाको सनाखत हुन बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?