काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले १३औँ संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा बंगलादेश सरकार र बंगलादेशका जनतालाई बधाई तथा शुभकामना व्यक्त गरेकी छन् ।
उनले आज सामाजिक सञ्जालमार्फत बंगलादेश नेशनलिस्ट पार्टीलाई यस निर्वाचनमा ऐतिहासिक विजयतर्फ नेतृत्व गरेकोमा तारिक रहमानलाई बधाई दिएकी छन् ।
‘हाम्रा छिमेकी सम्बन्धलाई अझ सुदृढ बनाउन तथा पारस्परिक हितका क्षेत्रमा सहकार्य विस्तार गर्न तपाईंसँग नजिकबाट काम गर्न पाउने अपेक्षा राख्दछु,’ प्रधानमन्त्री कार्कीले उल्लेख गरेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया