काठमाडौं । नेपाली कांग्रेसले चुनाव केन्द्रित प्रतिज्ञापत्र आगामी आइतबार सार्वजनिक गर्ने भएको छ ।
फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनलाई ध्यानमा राखेर पार्टीले आइतबार प्रतिज्ञापत्र सार्वजनिक गर्ने जनाएको हो ।
पार्टी सभापति गगनकुमार थापाले पार्टीको घोषणापत्र नभनी यो पाँच वर्ष सरकार चलाउने योजनासहितको प्रतिज्ञा पत्र हुने बताएका छन् । पार्टीले समग्र क्षेत्रलाई सम्बोधन गर्ने गरी प्रतिज्ञा पत्र बनाउने क्रम अन्तिम चरणमा पुगेको प्रवक्ता देवराज चालिसेले जनाएका छन् ।
उक्त प्रतिज्ञा पत्र पार्टी कार्यालय बीपीनगर सानेपामा आइतबार ३ गते दिउँसो २ बजे सार्वजनिक गरिने विज्ञप्ति जारी गरी जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया