नवलपरासी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् नवलपरासी क्षेत्र नम्बर १ का उम्मेदवार विनोद चौधरीले आगामी निर्वाचनमा कांग्रेसलाई सय सिट पार गराउने लक्ष्य रहेको बताएका छ्न् ।
उनले अबको लक्ष्य सय सिट पार गराएर सभापति गगनकुमार थापालाई प्रधानमन्त्री बनाउनु रहेको बताए ।
बर्दघाट नगरपालिका वडा नम्बर १६ मा आज चुनाव प्रचारप्रसारका लागि सम्पर्क कार्यालयको उद्घाटन गर्दै चौधरीले सोही अनुरुप कार्यकर्ता र आम शुभेच्छुकहरुलाई चुनावमा खटिन आग्रह गरे । कांग्रेसको एकरुपता र जनलहर देखेर केही प्रतिस्पर्धीहरू अताल्लिएको र हतोत्साहित भएर विभिन्न चलखेलहरू शुरू भए पनि क्रमिक रुपमा त्यो घट्दै गएको उल्लेख गर्दै उनले सबैलाई उत्साहपूर्वक चुनावमा होमिन अनुरोध गरे ।
‘नेपाली क्रिकेट कप्तान रोहित पौडेल जन्मिएको यस क्षेत्रमा रहेको सूर्य नगर रङ्गशालालाई नमूना रङ्गशालाको रूपमा विकास गरी भोलिका दिनमा यहीँ टी–२० खेलाउन सक्ने गरी सबै लागौँ, म प्रतिबद्ध छु,’
उनले भने ।
बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले चौधरीको तीन वर्षे कार्यकालमा थुप्रै उपलब्धिहरू हासिल भएको उल्लेख गर्दै अधुरा योजनाको पूर्णता र ५ वर्षे स्थायी कार्यकालका लागि उम्मेदवार चौधरीलाई विजयी गराउनु पर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया