रुकुम । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका मेयरका उम्मेदवार कालीबहादुर खत्री नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
०७९ सालको स्थानीय तह निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मेयरका उम्मेदवार भएका खत्री उक्त पार्टी परित्याग गर्दै कांग्रेसमा प्रवेश गरेको कांग्रेस चौरजहारी नगरपालिका–७ का वडा सभापति खेमप्रकाश शर्माले दिए ।
मतदाता भेटघाट तथा घरदैलो अभियानका क्रममा कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार राजु केसी र कांग्रेस नेता तथा पूर्व राज्यमन्त्री गोपालजीजंग शाहले खत्रीलाई पार्टीमा स्वागत गरेका थिए ।
चौरजहारी नगरपालिका–७ नार्जी खत्रीगाउँ निवासी ७४ वर्षीय खत्रीले अबदेखि कांग्रेसमै आबद्ध भएर पार्टीका उम्मेदवारलाई विजयी गराउन सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले भने, ‘देशमा लोकतन्त्रको सुदृढीकरण, विकास र स्थायित्वका लागि नेपाली कांग्रेस नै सक्षम शक्ति हो भन्ने निष्कर्षमा पुगेको छु । अब म कांग्रेसको सिद्धान्त र नेतृत्वसँगै अघि बढ्नेछु र पार्टीका उम्मेदवारलाई जिताउन सक्रिय भूमिका निर्वाह गर्नेछु ।’
साथै, उनले भ्रष्टाचारविरुद्ध सक्रिय रूपमा लागिपर्ने प्रतिबद्धता जनाउँदै विगतमा सत्तामा रहँदा भएका अनियमितताहरूको छानबिन हुनुपर्ने धारणासमेत व्यक्त गरे । गाउँघरमै बसेर भए पनि आफू भ्रष्टाचारविरुद्ध आवाज उठाइरहनेसमेत बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया