दैलेख । दैलेखको दुल्लू नगरपालिका-४ शान्ति बजारमा चक्कु प्रहारबाट एक किशोरको हत्या भएको छ ।फुटबल खेलेर घर फर्किँदै गरेका १६ वर्षीय प्रकाश खनालमाथि चक्कु प्रहार भएको हो ।
चक्कु प्रहारबाट गम्भीर घाइते भएका खनालको दुल्लू अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुल्लू नगरपालिका–१० गमौडीका १९ वर्षीय मुकुन्द शाही र १९ वर्षीय विभूषण शाहीलाई पक्राउ गरेको छ । तीन जनाबिच भएको विवादका क्रममा उक्त घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
घटनापछि फरार भएका दुवै जनालाई प्रहरीले घटनास्थलबाट करिब १० किलोमिटर टाढा चामुण्डाको जंगलबाट नियन्त्रणमा लिएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया