निर्वाचनका लागि भारतले नेपाललाई उपलब्ध गराएको सेनाको ५० वटा ट्रकसहितका सवारी हस्तान्तरण

लोकपथ
189
Shares

काठमाडौं । छिमेकी देश भारतले फागुन २१ को निर्वाचनका लागि विभिन्न सहयोगहरु उपलब्ध गराउँदै आइरहेको छ ।

भारतले निर्वाचन प्रयोजनका लागि तेस्रो चरणको सहयोग हस्तान्तरण गरेको हो ।

बिहीबार गृहमन्त्रालयमा आयोजित एक कार्यक्रमकाबिच नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले नेपाली सेनाका लागि ५० वटा ट्रकहरु सहित २७० भन्दा बढी सवारी साधन तथा अन्य सामग्रीहरु हस्तान्तरण गरेका हुन् ।

राजदूत श्रीवास्तवले प्रधानसेनापति अशोकराज सिग्देललाई उक्त सामग्रीहरु हस्तन्तरण गरेका हुन् ।

सहयोग सामग्री ग्रहण गर्दैै गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको सहजताका लागि भारतले सवारी साधन लगायतका सामग्री उपलब्ध गराएकोप्रति धन्यवाद व्यक्त गरे ।

गृहमन्त्री अर्यालले दुई देशबीचको पारस्परिक हित र बृहत् सहकार्यको प्रशंसा गर्दै यो सम्बन्ध आपसी विश्वास, मित्रता र लोकतान्त्रिक मूल्य–मान्यताप्रतिको साझा प्रतिबद्धताद्वारा निर्देशित रहेको उल्लेख गरे ।

भारत सरकारबाट प्राप्त यस्ता निर्वाचन सम्बन्धी सहयोगको पहिलो दुई चरणमा ३१० भन्दा बढी सवारी साधन तथा अन्य सामग्रीहरु गत माघ ६ र १५ गते नेपाललाई हस्तान्तरण गरिसकेको छ ।

साथै अन्य सहयोग सामग्रीहरु समेत भारतले नेपाललाई उपलब्ध गराउने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?