झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमार्फत आफ्नो पार्टीलाई संसदमा निर्णायक शक्ति बनाउन आवश्यक रहेको बताएका छन् ।
जेसिजले आज यहाँ आयोजना गरेको ककस कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले देशमा रहेका समस्या समाधान गर्न नवीन दृष्टिकोण आवश्यक भएको र त्यसका लागि आफ्नो पार्टी सक्रिय रहेको बताए ।
उनले नयाँ र पुरानाबारे भइरहेको चर्चा सन्दर्भ गर्दै उमेर, पार्टी, अनुहार वा पहिलो पटक उठेकै आधारमा नभई विचारको आधारमा मूल्याङ्कन गर्नुपर्ने धारणा राखेका छन् ।
साथै, दीर्घकालीन शान्ति र स्थायित्व सुनिश्चित गर्न निर्वाचनअघि नै नवीन राष्ट्रिय सहमति आवश्यक रहेको पनि उनले जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया