काठमाडौं । एमाले नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी र बेचन झाको मुद्दाको सुनुवाइ उच्च अदालत पाटनमा स्थगित भएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका रायमाझीका कानुन व्यवसायीले निवेदन दिएपछि तोकिएको पेसी रोकिएको हो ।
उच्च अदालत पाटनका न्यायाधीश सूर्यनाथप्रकाश अधिकारी र गोपालप्रसाद बास्तोलाको इजलासमा सुनुवाइ हुने तय भएको थियो । तर रायमाझी पक्षको आग्रहपछि सुनुवाइ स्थगित भएको हो ।
यसअघि रायमाझी र झाले थुनामुक्त गरिपाऊँ भन्दै जिल्ला अदालत काठमाडौंमा निवेदन दिएका थिए । तर जिल्ला अदालतले उनीहरूको माग अस्वीकार गरेको थियो । त्यसपछि उनीहरू उच्च अदालत पाटन पुगेका हुन् ।
रायमाझीले पुस २५ गते र बेचन झाले पुस ११ गते उच्च अदालतमा निवेदन दर्ता गरेका थिए । दुवै जना अहिले पनि पुर्पक्षका लागि थुनामै छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया