बंगलादेशमा शेख हसिना सत्ताच्यूतपछि पहिलो निर्वाचन, अवामी लिगमाथिको प्रतिबन्ध यथावत

लोकपथ
49
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री शेख हसिना सत्ताच्यूत भएपछि पहिलो पटक बंगलादेशमा निर्वाचन हुँदैछ ।  बीबीसीका अनुसार १२ करोडभन्दा बढी बंगलादेशी नागरिक मतदानमा भाग लिँदै छन् । 

नयाँ सरकार गठनका लागि सुरु भएको मतदान अपराह्न साढे ४ बजेसम्म जारी रहने छ । सन् २०२४ मा भएको विद्यार्थी आन्दोलनले पूर्वप्रधानमन्त्री हसिनालाई सत्ताबाट हटाएका थियो ।

हसिना देश छोडेर भागेपछि बंगलादेशमा नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो ।

आन्दोलनका क्रममा झण्डै १४ सय प्रदर्शनकारीहरूको मृत्यु भएको थियो । गत नोभेम्बरमा बंगलादेशको एक अदालतले मानवताविरूद्धको अपराध मामिलामा पूर्वप्रधनमन्त्री हसिनालाई मृत्युदण्डको सजाय सुनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?