काठमाडौं । आज संघीय संसदका दुई वटा संसदीय समितिको बैठक बस्दैछन् ।
दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा ऐन कार्यान्वयन मापनसम्बन्धी मस्यौदा प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ ।
उक्त प्रतिवेदनमार्फत विभिन्न ऐनहरूको कार्यान्वयन अवस्था, प्रभावकारिता तथा सुधारका आवश्यक पक्षबारे समीक्षा गरिनेछ ।
त्यस्तै, बिहान ११ बजे बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको दुई वर्षे कामकारबाहीको समीक्षा सम्बन्धमा छलफल हुनेछ ।
बैठकमा समितिले विगत दुई वर्षमा गरेका गतिविधि, उपलब्धि र आगामी कार्यदिशाबारे समेत विचार–विमर्श हुने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया