किन पक्राउ परे रास्वपा कपिलवस्तुका संगठन प्रमुख भट्टराई ?

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कपिलवस्तुका संगठन प्रमुख रिखिराम भट्टराई पक्राउ परेका छन् ।

प्रहरी कार्यालयको सरकारी कागज सार्वजनिक गरी गोपनियता भंग गरेको आरोपमा प्रहरीले भट्टराईलाई बुधबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी डीएसपी रिपेन्द्रकुमार सिंहका अनुसार मंगलबार (माघ २६ गते) भट्टराईले प्रहरी अनुसन्धानको क्रममा रहेको सरकारी कागज फेसबुकबाट सार्वजनिक गरेका थिए ।

उनलाई नियन्त्रणमा लिई विद्युतीय कारोबार ऐन २०६३ बमोजिकको कसुरमा पक्राउ गरिएको डीएसपी सिंहले जानकारी दिए । उनलाई जिल्ला अदालतबाट ३ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?