काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको स्वास्थ्य परीक्षण गर्ने मेडिकल व्यवसायीहरुको छाता संगठन स्वास्थ्य संस्था सञ्चालक संघ (होडान) को प्रथम अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।
बुधबार काठमाडौंमा होडानको प्रथम अधिवेशनबाट मदनकुमार पुर्वेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।
४ पदाधिकारीसहित ९ सदस्यीय कार्यसमिति चयन भएको नवनिर्वाचित अध्यक्ष पुर्वेले जानकारी दिए ।
उनका अनुसार उपाध्यक्षमा रामहरी थापा, महासचिवमा रघुनाथ पनेरु, कोषाध्यक्षमा पूजा चौधरी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा खिमराज अधिकारी, अञ्जली रोक्का, लक्ष्मी नारायण उपाध्य, राजेन्द्र चौधरी र कृष्ण अधिकारी रहेका छन् ।
आफूहरुले लामो समयदेखि वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई सर्वसुलभ रुपमा स्वास्थ्य सेवा उपलब्ध गराइएको बताए । साथै विभिन्न स्वास्थ्य संस्थामा कार्यरत व्यक्तिहरुलाई एउटै छातामुनी ल्याएर स्वास्थ्य सेवालाई थप सर्वसुलभ बनाउन लाग्ने उनको भनाइ रहेको छ ।
‘हामी समान विचार भएका साथीहरु मिलेर सांगठनिक रुपमा अघि बढ्ने निर्णय गरेका छौँ । भोलिका दिनमा अन्य साथीहरुलाई समेत यस संस्थामा जोडेर आगामी दिनमा अन्य साथीहरुलाई समेत ल्याएर वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई सम्बोधन गर्ने गरी अघि बढ्छौँ,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया