दाङ पुगेर विश्वप्रकाशले भने– ‘कांग्रेस हारेका बेला समय मात्रै खेर गएको छ, अब विचार पुर्‍याउनुस्’

लोकपथ
70
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले फागुन २१ को निर्वाचनका लागि मतदाताहरुले विचार पुर्‍याउनुपर्ने बताएका छन् ।

बुधबार दाङको घोराहीमा आयोजित चुनावी कार्यक्रममा मतदाता एवं कार्यकर्ताहरुलाई सम्बोधन गर्दै सो आग्रह गरेका हुन् ।

उपसभापति शर्माले ०६४ को निर्वाचनलाई स्मरण गर्दै कांग्रेस दोस्रो बन्दा निर्वाचनपछिको समय मात्रै खेर गएको दाबी गरे । साथै ०७० सालको निर्वाचनमा कांग्रेस पहिलो शक्ति बन्दा २ वर्षभित्रै देशले संविधान पाएको उनको दाबी थियो ।

‘०६४ को चुनावमा नेपाली कांग्रेस दोस्रो दल बन्यो, चार वर्ष खेर गयो । तर, देशले नयाँ संविधान पाएन । संविधान सभाको दोस्रो निर्वाचन २०७० बाट कांग्रेस पहिलो दल बन्यो, दुई वर्षभित्रै देशले संविधान पायो,’ उनले भने ।

दुई निर्वाचनमध्ये ०६४ मा गल्ती गर्दा समय खेर गएको र ०७० मा विवेक पुर्‍याउँदा संविधान पाएको बताए । साथै कांग्रेसले जितेको बेला देशलाई निकाश दिएर नयाँ स्थानमा पुर्‍याएको उनको दाबी छ ।

‘आज नेपाली मतदाताले गम्भीर भएर निर्णय लिनुछ, ०६४ मा झैं गल्ती गर्ने कि ०७० मा झैं विवेक पुर्‍याउने ? किन कि मूल प्रश्न कुन दलले जित्ने भन्ने होइन, मूल प्रश्न विषम परिस्थितिबाट देशलाई नवीन निकासमा कसले पुर्‍याउन सक्छ भन्ने हो,’ उनले भने ।

अहिले सामाजिक सञ्जालको व्यापक प्रयोगका कारण उम्मेदवारहरुप्रति कटाक्ष गर्ने प्रवृत्ति बढिरहेको तर कांग्रेसका कार्यकर्तालाई गालीगलौजमा नउत्रिन समेत आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?