टाटाको भ्यालेन्टाइन ‘एक्सचेन्ज विथ लभ’ अफर : पूराना गाडीसँग नयाँ साट्न सकिने

लोकपथ
35
Shares

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले भ्यालेन्टाइनका लागि नयाँ अफर सार्वजनिक गरेको छ ।

टाटाले भ्यालेन्टाइन सप्ताह–२०२६ को अवसरमा, फागुन १ गते देखि फागुन ३ गतेसम्म (१३ फेब्रुअरीदेखि १५ फेब्रुअरी, २०२६) भ्यालेन्टाइन स्पेशल ‘एक्सचेन्ज विथ लभ’कार्यक्रम गर्ने भएको छ ।

यस अफर अन्तर्गत पुरानो गाडीलाई डाउनपेमेन्ट राखेर टाटा मोटर्सको नयाँ ईभी र आइस रेञ्जका गाडीहरु लैजान सकिने कम्पनीले जनाएको छ ।

यो अवधिमा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग टाटा ब्राण्डका पेसेन्जर श्रेणी अन्तर्गत नेपालमा सर्वाधिक रुचाइएका अत्याधुनिक प्रविधियुक्त टाटा गाडीहरु साट्न सकिने छ । यो कार्यक्रम टाटा मोटर्सको देशभर रहेका शोरुमहरुमा आयोजना हुन लागेको हो ।

‘एक्सचेन्ज विथ लभ’ योजना अन्तर्गत गाडी खरिद गर्ने ग्राहकहरुले आकर्षक छुट, आकर्षक एक्सचेन्ज बोनस, एक्सेसरिज, सिप्रदीको चार्जिङ्ग नेटवर्कमा लाइफटाइम निःशुल्क चार्जिङ्ग र १ वर्षको वार्षिक सवारी कर, निःशुल्क चार्जिङ्ग बक्स जडानसहित हरेक बुकिङ्गमा आकर्षक उपहारहरु समेत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

यस्तै, सो अवसरमा ग्राहकहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?