कञ्चनपुर कांग्रेसको उर्दी– ‘अन्य उम्मेदवारको पोस्टमा लाईक, कमेन्ट नगर्नू’

लोकपथ
7
Shares

काठमाडौं । नेपाली कांग्रेस कञ्चनपुरले अन्य पार्टीका उम्मेदवारको सामाजिक सञ्जाल पोस्टमा लाईक, सेयर तथा कमेन्ट नगर्न उर्दी जारी गरेको छ ।

कञ्चनपुर कांग्रेसले विज्ञप्ति नै जारी गरेर आफ्ना पार्टीका उम्मेदवार बाहेक अन्य पार्टीका उम्मेदवारहरुको पोस्टमा प्रतिक्रिया नजनाउन भनेको हो ।

पार्टी सचिव भीमराज भट्टले विज्ञप्ति नै जारी गरेर त्यस्तो निर्देशन दिएका हुन् ।

‘पार्टीका उम्मेदवारहरु बाहेक अन्य उम्मेदवारहरुको पक्षपोषण हुने गरी कुनै किसिमका अभिव्यक्ति नदिन, सामाजिक सञ्जालमा पोस्ट, कमेन्ट र लाईक तथा कुनै पनि प्रचारप्रसार जस्ता कार्यहरु नगर्न र कुनै पनि किसिमका अभिव्यक्ति नदिन हुन निर्देशानुसार अनुरोध गरिन्छ,’ सचिव भट्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

त्यति मात्र नभई उम्मेदवारहरुसँग हिँड्ने, भीडभाड गर्ने तर स्थानीयसँग छलफल तथा विचार आदानप्रदान नगर्ने प्रवृत्ति बढेको भन्दै त्यसो नगर्न समेत भनिएको छ । पार्टीका नेता कार्यकर्ताहरुलाई आ–आफ्नो वडामा केन्द्रित भई पार्टीलाई जिताउने काममा लाग्न समेत आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?