काठमाडौं । जेफ्री एप्स्टिन, जो एक अमेरिकी करोडपति फाइनान्सर थिए । र थिए एक कुख्यात सेक्स–ट्राफिकर पनि । रङ्गीन स्वभावका एप्स्टिन नाबालिग केटीहरुको सप्लायर थिए । संसारका विभिन्न राष्ट्र प्रमुख, राज परिवार, सफल व्यवसायीहरु, सेलिब्रेटीहरु र कतिपयका लागि प्रेरणाका रुपमा स्थापित व्यक्तित्वहरुसँग समेत उनको मित्रता थियो ।
संसारमा कुख्यातीले नाम कमाएका तीनै एप्स्टिनको सन् २०१९ मा मृत्यु भइसकेको छ । उनको मृत्युको केही वर्षपछि उनका काला कर्तुतका फाइलहरू सार्वजनिक भएसँगै विश्वभर तरंग फैलिएको छ ।
सार्वजनिक भएका फाइलहरुमा जुन कुराहरु छन्, त्यसलाई पढ्न, हेर्न वा सुन्ने जो कोहीको पनि आँङ सिरिङ्ग हुने गर्दछ । ती दृष्यहरु हेर्दा यस्तो निर्ममता र क्रुरता कुनै मानवले नै गरेको होला र ? भन्ने प्रश्न मनमा स्वभाविक उब्जिने गरेको छ ।
दृश्यहरुमा ‘हाई प्रोफाइल’ भनिने विश्वको उच्च राजनीतिज्ञदेखि विश्वले आदर्श मान्ने व्यक्तिहरुको समेत नाम उल्लेख भएका छन् । ती व्यक्तिहरुले स–साना बच्चाहरुमथि दुव्र्यवहार गरिरहेको देख्न सकिन्छ । ती बच्चहरुको उमेर एकदमै कलिला देखिन्छ ।
मानौँ ती व्यक्तिहरुले आफ्नो सबै फ्रस्ट्रेसन ती अबोध बालिकाहरुहरुमाथि पोखिरहेका छन् । ती व्यक्तिहरुले बालिकाहरुको शरिर मसाजको नाममा दुव्र्यवहार, यौनजन्य गतिविधी, सामूहिक बलत्कार गरेको तथ्यहरु समेत सार्वजनिक भएका छन् । अझ कति दृश्यमा त ती बच्चाहरुमाथि धारिलो हतियार प्रहार गरेको, त्यसमै रमाइरहेको जस्ता दृश्यहरु देख्न सकिन्छ ।
विश्वका ठूला व्यापारी र नेताहरुसँग मित्रता रहेका उनै एप्स्टिनमाथि पहिलोपटक उनीमाथि सन् २००५ मा नाबालिग बालिकासँग यौन दुव्र्यवहारको आरोप लाग्यो, र केही तथ्य समेत बाहिर सार्वजनिक भयो । त्यसबेला उनले पावरको राम्रो ‘एक्ससाइज गरे’ ।
जतिबेला उनलाई १३ महिनाको मात्रै जेल सजाय तोकियो, अदालतले तोकेको सजाय काटेर उनी १३ महिनापछि बाहिर निस्किए । तर फेरि सन् २०१९ मा जेफ्री सेक्स ट्राफिकिङको आरोपमा पुनः पक्राउ परे । तर यसपटक भने उनी मुद्दा चल्नुअघि नै जेलमा नै आत्महत्या गरे । कतिपयले उनले आफू नराम्रो व्यक्ति रहेको धेरै घृणाजन्य अपराध गरेको महशुस भएर आत्महत्या गरेको तर्क गरे भने एकथरिले सत्तामा भएकाले वा एप्स्टिनसँग उनीहरुको अपमानजनक रहस्यहरु रहेकाले योजनाबद्ध रुपमा उनको हत्या गरेको आरोप लगाएका थिए ।
के हो एप्स्टिन फाईल ?
एप्स्टिनको नामसँग जोडिएर आउने पीडित भर्जिनिया जियुफ्रे— जसले अप्रिल २०२५ मा आत्महत्या गरिन् उनको मरणोपरान्त प्रकाशित पुस्तक ‘Nobody’s Girl: A Memoir of Surviving Abuse and Fighting for Justice’ मार्फत् जो कोहीको पनि रौँ ठाडो हुने तथ्यहरु बाहिरिएका छन् ।
पुस्तकमा जियुफ्रे लेख्छिन्, ‘सन् २००२ मा एप्स्टिनको निजी टापु लिटिल सेन्ट जेम्समा एक अत्यन्त शक्तिशाली प्रधानमन्त्रीले उनमाथि निर्मम यौन हिंसा गरे । जियुफ्रेका शब्दमा— उसले मेरो घाँटी तबसम्म थिच्यो, जबसम्म म बेहोस भइन् । र जब उनले एप्स्टिनसँग बिन्ती गरिन् कि उनीलाई फेरि त्यो मानिस कहाँ नपठाइयोस् ।’
यो खुलासा यस्तो समयमा आएको छ, जब फेब्रुअरी २०२६ मा अमेरिकी न्याय विभागले ‘एप्स्टिन फाईल्स’ को नयाँ भाग सार्वजनिक गरेको छ, जसमा ३० लाखभन्दा बढी कागजात, हजारौँ भिडियो र तस्बिरहरू समावेश छन् ।
यी फाइलहरूमा ब्रिटिश शाही परिवारका सदस्य प्रिन्स एन्ड्र्यु, अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टनदेखि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जस्ता व्यक्तिहरुको समेत नाम उल्लेख गरिएको बताइन्छ । यद्यपि, यो पनि स्पष्ट गरिएको छ कि जियुफ्रेले ट्रम्पमाथि प्रत्यक्ष रूपमा यौन शोषणको आरोप भने लगाएकी छैनन् ।
पुस्तकमा यो पनि उल्लेख गरिएको छ कि एप्स्टिनकी सहयोगी घिस्लेन म्याक्सवेलले कसरी अभिनय र नृत्यको सपना देखाएर केटीहरूलाई सेक्स ट्राफिकिङको जालमा फसाउँथिन् । यी खुलासाहरूको असर अब राजनीतिमा पनि देखिन थालेको छ ।
बेलायतमा वरिष्ठ नेता लर्ड मन्डेलसन यी आरोपपछि लेबर पार्टीबाट राजीनामा दिन बाध्य भएका छन् । भर्जिनिया जियुफ्रेको यो पुस्तक आज एक मरणोपरान्त साक्षी बनेको छ- एउटा यस्तो आवाज, जसलाई अब चुप गराउन सकिँदैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया