काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले वैकिल्पक र नयाँ भनिएका दलहरुमाथि प्रश्न गरेका छन् ।
आफूलाई नयाँ भनेर चुनाव प्रचारप्रसार गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलहरुलाई के आधारमा नयाँ भन्ने प्रश्न गरे ।
बुधबार राजधानीको अनामनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले नयाँ आएका भनिएका दलहरुले पनि आफूहरु के–के का आधारमा नयाँ हो भन्ने जनतामा स्पष्ट पार्न जरुरी रहेको बताए ।
‘अहिले नयाँ र पूरानो भन्ने भाष्य सिर्जना गरिएको छ । म प्रश्न गर्न चाहन्छु, नयाँ भनेको के ? पूरानो भनेको के ? राजनीतिक दल पूरानो हुन्छ कहिल्यै ? निर्वाचन आयोगको दर्ताको मितिले नयाँ र पूरानो भनेको हो कि ?,’ उनले भने, ‘विचारधाराको आधारमा नयाँ र पूरानो भनेको हो कि ? एजेण्डाका आधारमा नयाँ र पूराना भनेको हो कि ? नेतृत्वदेखि आचरणका आधारमा नयाँ र पूरानो भनेको हो कि ?’
कहिलेकाँही पहिले ल्याएका कार्यक्रम असान्दर्भिक हुनसक्ने बताउँदै विचारका आधारमा कुनै दल नयाँ र कुनै दल पूरानो भन्न नहुने उनको तर्क छ ।
आगामी निर्वाचनमा देशभर देखिएका लहरका आधारमा कांग्रेस पहिलो हुने समेत उनको दाबी रहेको छ ।
केही वर्षदेखि देशमा पपुलिज्मको हावा चलेको दाबी गर्दै उनले त्यसले सबैभन्दा पहिलो एन्टीइन्म्बेन्सी यानेकी गैरप्राधिकारमा गर्ने उनको तर्क छ । साथै पपुलिज्मले जहिले पनि पूराना खराब र नयाँ आएकाहरु असल हुन् भन्ने भाष्य सिर्जना गर्ने तर त्यसले मात्र मुलुकलाई राम्रो बाटोमा हिँडाउन नसक्ने प्रवक्ता चालिसेको तर्क छ ।
‘पपुलिज्मको सबैभन्दा पहिलो र ठूलो अट्याक एन्टी इन्म्बेन्सीमा हुन्छ । दोस्रो उनीहरुले जहिलो पनि के न्यारेटिभ स्थापना गर्छन् भने पूराना सबै खराब हुन्, इतिहास सबै खराब हो । तर पपुलिस्टहरुको चर्चा एकैपटक भल जसरी आउँछ र समाप्त पनि भलै जस्तो भएर समाप्त हुँदै जान्छ । तर ५ वर्षको प्रयोगशाला जुन छ, हामीलाई पुर्याउने कहाँ हो ? चिन्ता हामीलाई त्यही नै हो,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया