काठमाडौं । नेपाली कांग्रेसले आशन्न प्रतिनिधिसभा निर्वाचनका लागि फागुन २ गतेभित्र प्रतिज्ञापत्र सार्वजनिक गर्ने भएको छ ।
कांग्रेसका प्रवक्ता देवराज चालिसेले बुधबार बिहान पत्रकारहरूसँग कुरा गर्दै पार्टीको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । उनका अनुसार प्रतिज्ञापत्र फागुन १ गते सार्वजनिक गर्ने लक्ष्य राखिएको भए पनि कुनै कारणवश ढिलाइ भए फागुन २ गतेभित्र अनिवार्य रूपमा सार्वजनिक गरिनेछ ।
‘हाम्रो तयारी फागुन १ गतेका लागि छ। ढिलोमा २ गते प्रतिज्ञापत्र सार्वजनिक गर्छौँ,‘प्रवक्ता चालिसेले भने
कांग्रेसले यस पटक परम्परागत घोषणा पत्रको सट्टा प्रतिज्ञा पत्रमार्फत जनतासँग स्पष्ट र कार्यान्वयनयोग्य प्रतिबद्धता प्रस्तुत गर्ने जनाएको छ । प्रतिज्ञापत्रमा सुशासन, रोजगारी, आर्थिक सुधार र सेवा प्रवाहलाई प्राथमिकता दिइने पार्टीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया