काठमाडौं । स्थानीय बजारमा आज बुधबार सुनचाँदी दुवैको मूल्य बढेको छ । सुन हिजोको तुलनामा तोलामा १ हजार १ सय रुपैयाँ र चाँदी ५० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ६ सय र चाँदीको प्रतितोला ५ हजार २ सय ९० रुपैयाँ कायम भएको छ ।
हिजो मंगलबार प्रतितोला सुन ३ लाख ५ हजार ५ सय र चाँदीको ५ हजार २ सय ४० रुपैयाँ कायम भएको थियो ।
गत सोमबार एक तोला सुन ३ लाख ४ हजार ६ सय र त्यति नै परिमाणको चाँदी ५ हजार २ सय ५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन ५ हजार ६० र त्यति नै चाँदी ८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया