सल्यानको कपुरकोटमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाइते

लोकपथ
28
Shares

दाङ ।  रुकुमपूर्वबाट तुलसीपुरतर्फ आइरहेको  जीप दुर्घटना  हुँदा एक जनाको  मृत्यु छ भने  तीन जना घाइते भएका छन् । 

 आज बिहान ग१ज ५६६१ नम्बरको जीप राप्ती राजमार्गअन्तर्गत कपुरकोट गाउँपालिका–३ चोरखोला नजिक दुर्घटना हुँदा जीप चालकको घटनास्थलमै मृत्यु भएको  हो  ।

कपुरकोटस्थित प्रहरी चौकीका अनुसार रुकुमपूर्वको सिस्ने गाउँपालिका–४ का ३४ वर्षीय जीप चालक विजय विकको घटनास्थलमै मृत्यु भएको हो । 

अन्य तीन जना घाइतेलाई उद्धार गरी राप्ती प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जनाएको  छ । घाइतेमध्ये एक बालक र दुई महिला छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?