सिराहा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जेनजी विद्रोहले अहिलेको चुनाव सम्भव भएको बताएका छन् ।
सिराहाको धनगढीमाइ नगरपालिकाको बुद्धनगरमा आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले मधेशमा कांग्रेसले चुनाव जित्ने यहाँको माहोलले बताइसकेको जिकिर गरे ।
उनले भने, ‘मलाई तपाईंहरूले विश्वास गरेर बोलाउनुभयो । यहाँको माहोल देख्दा कांग्रेसले जित्नेछ भन्ने आशा लिएको छु । जिताएर पठाउनु हुन अनुरोध छ ।’
थापाले आफूहरूले चाहेको चुनाव दुई वर्षपछि भए पनि अब चुनावबाट कुनै प्रकारले पछाडि फर्कन नमिल्ने बताउँदै चुनावका लागि कांग्रेस तयारी अवस्थामा बसेको बताए । ु
‘हामीले त चुनाव २ वर्षपछि आउला भन्ने सोचेका थियौँ तर जेनजीहरूले विद्रोह गरिदिनुभयो र सुशासन खोज्न थाल्नुभयो,’ उनले भने, ‘यसले गर्दा चुनाव चाँडै आयो । त्यसमा कांग्रेसले चुनावको स्वागत गरेको छ । नयाँ नेतृत्व छान्न तयार छ । भोट तपाईंहरूकै हातमा छ । जिताउनु हुन्छ भन्ने आशा लिएको छु ।’
सभापति थापाले आज मधेश प्रदेश अन्तर्गतको सप्तरीको हनुमान नगर, रुपनी, कदमचोक तथा सिराहाको लहान, जिरो माइल र गोलबजारमा सम्बोधन गरेका थिए । यसअघि थापाले सुनसरी निर्वाचन क्षेत्र नम्बर २ झुम्कामा मंगलबार नेताकार्यकर्तालाई सम्बोधन गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया