काठमाडौं । बहुमूल्य मानिने कस्तुरी मृगको बिना (आखेटोपहार) सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध रुपमा ओसारपसार तथा बिक्री वितरण गर्ने गरेको विशेष सूचनाका आधारमा दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा नुवाकोटको विदुर नगरपालिका घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका–११, शेषमती बस्ने ३१ वर्षीय सरोज परियार र बैतडी घर भई सोही नगरपालिकामा बस्ने ३२ वर्षीय जितेन्द्र बहादुर चन्द रहेका छन् ।
उनीहरु तारकेश्वर नगरपालिका–११ स्थित शेसमतिमा हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा ३० ग्राम तौलको कस्तुरी मृगको बिना बरामद गरेको प्रहरीले जनाएको छ ।
बरामद आखेटोपहार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ बमोजिम मुद्दा चलाउनका लागि डिभिजन वन कार्यालय, हात्तीसार पठाइएको छ ।
पक्राउ परेका जितेन्द्र यसअघि पनि चोरी तथा बैंकिङ कसुर मुद्दामा फरार रहेको खुल्न आएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया