काठमाडौं । वरिष्ठ हाँस्य कलाकार शैलेन्द्र सिंखडाले काठमाडौं–६ का नेपाली कांग्रेसका उम्मेदवार सबुज बानियाँ (कृष्ण) लाई जितको शुभकामना दिएका छन् ।
चुनावी प्रचारप्रसारमा रहेका बानियाँलाई भेटेर सिंखडाले जनताको दुःखमा सधैँ खट्ने मान्छे भन्दै प्रशंसा गरे । साथै बानियाँ सुझबुझसहित सिंगै कांग्रेसको रुख बोकेर हिँड्ने मान्छे भन्दै शुभकामना दिए ।
‘डट्ने मान्छे, खट्ने मान्छे, कहिले पछि नहटने मान्छे । सिङ्गै रुख बोकेर हिँड्ने मान्छे कहिल्यै विश्राम नलिने मान्छे । सुझबुझसहितको सबुज बानियाँ (कृष्ण) लाई विजयको शुभकामना,’ उनले भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया