काठमाडौं । पूर्वमन्त्री राजकुमार गुप्ताले सर्वोच्च अदालतमा दायर गरेको निवेदनमाथिको सुनुवाइ स्थगित भएको छ ।
न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सुनुवाइ हुने तय थियो । तर गुप्ताका कानुन व्यवसायीको अनुरोधपछि पेसी स्थगित गरिएको हो ।
विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश बदर गर्न माग गर्दै गुप्ताले सर्वोच्च अदालतमा निवेदन दिएका थिए । यसअघि सर्वोच्च अदालतले यस मुद्दामा अन्य प्रतिवादीबाट पनि निवेदन परेको छ कि छैन भन्ने कुरा यकिन गर्न आदेश दिएको थियो ।
पोखराको लिचिबारी जग्गा प्रकरणमा विशेष अदालतले गुप्तालाई थुनामा पठाउने आदेश दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार गुप्ताले मालपोत कार्यालयका प्रमुखको सरुवा रोकिदिने र भूमि आयोगमा सदस्य बनाइदिने आश्वासन दिँदै एक घरजग्गा व्यवसायीबाट ५३ लाख रुपैयाँ घुस लिएको प्रमाण भेटिएको दाबी गरेको छ ।
सुनुवाइ स्थगित भएपछि अब अर्को पेसी मितिमा पुनः सुनुवाइ हुने सर्वोच्च अदालतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया