रामेछापमा यात्रुवाहक बस दुर्घटना : कम्तीमा ५ जनाको मृत्यु

लोकपथ
49
Shares

काठमाडौं । काठमाडौंबाट रामेछाप हुँदै ओखलढुंगा जाँदै गरेको बस मन्थली नजिक दुर्घटना हुँदा कम्तीमा ५ जनाको मृत्यु भएको छ । 

रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार मन्थली नगरपालिका–६ भलुवाजोरस्थित त्रिवेणीनजिकै लिलौटी भन्ने ठाउँमा प्रदेश ३ ०१–००५ख९९७५ नम्बरको यात्रुबहाक बस दुर्घटना भएको हो । 

घटनास्थल सिन्धुलीको खुर्कोटबाट झन्डै तीन किलोमिटरको दूरीमा रहेको छ ।

रामेछापका डीएसपी भोला भट्टका अनुसार, बस तामाकोशी नदीमा डुबेको छ भने केही यात्रु पौडिएर निस्किएका छन् । बसमा सवार ६ यात्रु भने घाइते अवस्थामा फेला परेकाले उद्धार गरेर उपचारका लागि पठाइएको छ ।

दुर्घटनापछि स्थानीय बासिन्दा, सुरक्षाकर्मी तथा उद्धार टोलीको सहयोगमा घाइतेहरूको उद्धार कार्य भइरहेको छ । तामाकोशीमा डुबेको बसबाट अन्यलाई निकाल्ने प्रयास जारी रहेको छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?