काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले हतियारसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको सुन्दरहरैंचा नगरपालिका–२ बेलडाँगी बस्ने २८ वर्षीय सिलास लिम्बु र सोही नगरपालिकाको वडा नम्बर ३ बस्ने प्रेमबहादुर गुरुङ छन् ।
उनीहरूको साथबाट ‘मेड इन यूएसए लेखिएको पेस्तोल १ थान, भरुवा बन्दुक जस्तो देखिने काठको हतियार १ थान र ‘बीएओएफईएनजी’ लेखिएको हेन्डसेड २ थान बरामद भएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी हरिनन्दे चौधरीले बताए ।
उनका अनुसार, सिलास लिम्बुको घरमा हातहतियार लुकाइराखेको सूचनाको आधारमा प्रहरी टोली उनको घरमा पुगेको थियो । लिम्बुले ती हतियार गुरुङबाट लिएको बताएपछि उनलाई समेत पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय बेलघारीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया