के भयो आज सुनचाँदीको मूल्य ?

लोकपथ
329
Shares

काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा ९०० रुपैयाँले बढेको हो ।

आजको मूल्य प्रतितोला तीन लाख ५ हजार ५०० रुपैयाँ कायम भएको छ । सोमबार सुनको मूल्य प्रतितोला तीन लाख चार हजार ६०० रुपैयाँ थियो ।

आज चाँदीको मूल्य भने सामान्य घटेको छ । अघिल्लो दिन भने पाँच हजार २५० रुपैयाँ रहेको चाँदी आज पाँच हजार २४० रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?