काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले पछिल्ला दिनमा सार्वजनिक सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरूमा सशस्त्र प्रहरी बल, नेपालका इकाईहरूभित्र हुने आन्तरिक कार्यक्रमहरूको अशोभनीय तरिकाले प्रचार–प्रसार भई त्यसबाट संगठनको प्रतिष्ठामा आँच आउने जोखिम देखिएको भन्दै मातहत निकायलाई सचेत गराएको छ ।
लोकपथलाई प्राप्त परिपत्रमा युनिटस्तरमा सञ्चालन हुने नितान्त आन्तरिक क्रियाकलापहरूमा समेत अनावश्यक रूपमा संगठन भन्दा बाहिरका व्यक्तिहरू आमन्त्रण गरी सोको फोटो, भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने र सेयर गर्ने गरेको विषयलाई सशस्त्र मुख्यालयले गम्भीर चासो रहेको उल्लेख छ ।
यस्तै, संगठनको अनुशासन र आचरणविपरीत कार्यमा संलग्न भई अनावश्यक सूचनाहरू सञ्चार माध्यममा उपलब्ध गराई व्यक्तिगत तथा संगठनको छविमा नकारात्मक असर पु¥याउने मनसायले अवाञ्छित क्रियाकलाप गर्ने, फौजी कमान्डको मूल्य मान्यता, पदीय दायित्व र अनुशासनको समेत बेवास्ता गरी त्यस्ता सामग्रीहरू सामाजिक सञ्जालमा अपलोड गर्ने जस्ता क्रियाकलापहरू कमान्डर तहका सशस्त्र प्रहरी कर्मचारीहरूबाट समेत भइरहेको सशस्त्र प्रहरी मुख्यालयले जनाएको छ ।
मुख्यालयले यी कार्य तत्काल बन्द गरी युनिट कमान्डरहरू आफू जिम्मेवार बनेर मातहतमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरूलाई नियमित रूपमा ब्रिफिङ गरी युनिफर्म, हातहतियार तथा सिभिल पोसाकमा समेत कार्यालयसँग सम्बन्धित गतिविधि समेटिने गरी सामाजिक सञ्जालमा फोटो तथा भिडियो अपलोड गर्ने कार्यलाई पूर्णरुपमा रोक लगाउन निर्देशन दिएको छ ।
यस्ता कार्यबाट संगठनको मान प्रतिष्ठामा आँच आउने र संलग्न कर्मचारीलाई समेत कारबाही भई सम्बन्धितहरूको वृत्तिविकासमा समेत असर परिरहेको र संगठन यस सम्बन्धमा अझै कठोर रूपमा प्रस्तुत हुने हुँदा यस्ता गैर–व्यावसायिक क्रियाकलापमा संलग्न नहुने गरी बाहिनी मुख्यालयहरूसमेतले आ–आफ्नो मातहत इकाईहरूलाई निरन्तर अनुगमन गरी त्रुटिरहित तवरबाट कार्य सम्पादन गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ ।
साथै सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट विभिन्न मितिमा सञ्चार माध्यमहरूसँगको समन्वय तथा सम्बन्धलगायतका विषयहरूमा भएका परिपत्र तथा मौखिक निर्देशनहरूलाई समेत पालना गरी संगठनसँग सम्बन्धित कुनै पनि विषयको जानकारीहरू संगठनभन्दा बाहिर दिनुपर्ने भएमा सशस्त्र प्रहरी बल, नेपालका प्रवक्ता (सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्ट (सम्पर्क नं. ९८५१२७२००७) सँग समन्वय गरेर मात्र उपलब्ध गराउने व्यवस्था मिलाउन हुन समेत भनिएको छ ।
सामाजिक सञ्जालको प्रयोग सम्बन्धमा सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालय (सूचना शाखा) को एस.एन. १५११, मिति २०८२/०६/२३ गतेको सञ्चार र सार्वजनिक सूचना उपलब्ध गराउनुपर्ने कार्यहरूको विषयमा विभिन्न मितिहरूमा भएका परिपत्र एवं निर्देशनहरू यसअघि नै अवगत गराइसकिएको पनि पत्रमा उल्लेख छ ।
के छ पत्रमा ?
सामाजिक सञ्जालको प्रयोग सम्बन्धमा सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय स.प्र.म.नि.को सचिवालय (सूचना शाखा) को एस.एन. १५११, मिति २०८२/०६/२३ गतेको सञ्चार र सार्वजनिक सूचना उपलब्ध गराउनुपर्ने कार्यहरूको विषयमा विभिन्न मितिहरूमा भएका परिपत्र एवं निर्देशनहरू तहाँ कार्यालहरुमा अवगत नै छ । (०)
सो सम्बन्धमा पछिल्ला दिनहरूमा सार्वजनिक सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरूमा स.प्र.बल, नेपालका इकाईहरू भित्र हुने आन्तरिक कार्यक्रमहरूको अशोभनीय तरिकाले प्रचार-प्रसार भई त्यसबाट संगठनको प्रतिष्ठामा आँच आउने जोखिम (Institution’s Reputational Risk) देखिएको हुँदा यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ (0)
युनिटस्तरमा सञ्चालन हुने नितान्त आन्तरिक क्रियाकलापहरूमा समेत अनावश्यक रूपमा संगठन भन्दा बाहिरका व्यक्तिहरू आमन्त्रण गरी सोको फोटो, भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्ने र सेयर गर्ने, संगठनको अनुशासन र आचरण विपरीत कार्यमा संलग्न भई अनावश्यक सूचनाहरू सञ्चार माध्यममा उपलब्ध गराई व्यक्तिगत तथा संगठनको छविमा नकारात्मक असर पुऱ्याउने मनसायले अवाञ्छित क्रियाकलाप गर्ने, फौजी कमान्डको मूल्य मान्यता, पदीय दायित्व र अनुशासनको समेत बेवास्ता गरी त्यस्ता सामग्रीहरू सामाजिक सञ्जालमा अपलोड गर्ने जस्ता क्रियाकलापहरू कमान्डर तहका सशस्त्र प्रहरी कर्मचारीहरूबाट समेत भइरहेको पाइएको हुँदा सो कार्य तत्काल बन्द गरी युनिट कमान्डरहरू आफू जिम्मेवार बनेर मातहतमा कार्यरत स.प्र.क.हरूलाई नियमित रूपमा ब्रिफिङ गरी युनिफर्म, हातहतियार तथा सिभिल पोसाकमा समेत कार्यालयसँग सम्बन्धित गतिविधि समेटिने गरी सामाजिक सञ्जालमा फोटो तथा भिडियो अपलोड गर्ने कार्यलाई पूर्णरुपमा रोक लगाउने (०)
यस्ता कार्यबाट संगठनको मान प्रतिष्ठामा आँच आउने र संलग्न कर्मचारीलाई समेत कारबाही भई सम्बन्धितहरूको वृत्तिविकासमा समेत असर परिरहेको र संगठन यस सम्बन्धमा अझै कठोर रूपमा प्रस्तुत हुने हुँदा यस्ता गैर-व्यावसायिक क्रियाकलापमा संलग्न नहुने गरी बाहिनी मुख्यालयहरू समेतले आ-आफ्नो मातहत इकाईहरूलाई निरन्तर अनुगमन गरी त्रुटि रहित तवरबाट कार्य सम्पादन गर्ने व्यवस्था मिलाउनु हुन नि. अनुरोध (0)
साथै सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट विभिन्न मितिमा सञ्चार माध्यमहरूसँगको समन्वय तथा सम्बन्ध लगायतका विषयहरूमा भएका परिपत्र तथा मौखिक निर्देशनहरूलाई समेत पालना गरी संगठनसँग सम्बन्धित कुनै पनि विषयको जानकारीहरू संगठन भन्दा बाहिर दिनुपर्ने भएमा सशस्त्र प्रहरी बल, नेपालका प्रवक्ता (सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णु प्रसाद भट्ट, सम्पर्क नं. ९८५१२७२००७) सँग समन्वय गरेर मात्र उपलब्ध गराउने व्यवस्था मिलाउन हुन समेत नि. अनुरोध (0)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया